काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिएका छन् ।
मंगलबार ब्राजिलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै उनीहरु सुरक्षित रहेको जनाएको छ।
नेपालीहरूलाई दूतावासले आवश्यकताअनुसार मानवीय सहायता पुर्याउने तयारी गरिरहेको दूतावासको विज्ञप्तीमा उल्लेख छ।
ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानी बाहेकलाई प्रवेशाज्ञा लिएमा ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ।