काठमाडौँ । सरकारले कानून व्यवसायीलाई नेपाल बारले जारी गरेको परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न दिने भएको छ ।
सिंहदरबार परिसर प्रवेशमा कडाइ गरेसँगै नेपाल बारले सम्बन्धित सरकारी सरोकारवाला निकायसँग पुरानै व्यवस्था अनुसार निर्वाध प्रवेश गर्न पाउने व्यवस्था कायम गर्न अनुरोध गरेको थियो ।
तर,त्यसमा कुनै सहजीकरण नभएपछि नेपाल बारले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेखेर बुधवार नै ध्यानाकर्षण गराएको थियो ।
तत्पश्यात कानून व्यवसायीलाई नेपाल बार र बार काउन्सिलले उपलब्ध गराएको परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश खुला गर्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।
नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता डा.विजयप्रसाद मिश्रले सिंहदरबारबाट सुरक्षा हेर्ने प्रहरी प्रमुखबाट आफूलाई निर्वाध रुपमा सिंहदरबार प्रवेश गर्न पाउने जानकारी दिएको बताए ।