
पोखरा । सिर्जना साहित्य सदन,घाचोक कास्कीले साहित्यिक सद्भावना यात्रामा रहेको नेपाल स्रष्टा समाजको टोलीलाई स्वागत गरेको छ ।
माछापुच्छ्रे गाउँपालिकास्थित सदनका अध्यक्ष शिव प्रसाद पोखरेल लगायतले मंगलबार उक्त स्वागत गरेका हुन् ।
उक्त स्वागत कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश पारे ।उनले विचार र सिकाई सेयर गर्ने अवसरको रुपमा आजको दिनको महत्व रहेको बताए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले समाजका गतिविधिहरु र भ्रमणका उद्देश्य बारे जानकारी दिए ।
चर्चित गायिका हरिदेवी कोइराला,नेपाल स्रष्टा समाज,गण्डकी प्रदेश संयोजक रीता न्यौपाने पहारी,सदनका उपाध्यक्ष पदम नेपाल लगायतले मन्तव्य व्यक्त गरे ।
सदनका सल्लाहकार सुर्य प्रसाद लम्सालले स्वागत गरे । कार्यक्रमको सञ्चालन सचिव राजाराम पोखरेलले गरे ।
संक्षिप्त परिचय सहित सबैले आआफ्ना अनुभव र अनुभूति पनि राखे ।
नेपाल स्रष्टा समाजको साहित्यिक सदभावना भ्रमणमा निस्केको टोलीमा अध्यक्ष रोदन,संरक्षक पवन आलोक,महासचिव प्रकाश घायल सहित सदस्यहरु मधु पाठक,शंकर भारती,माधव विडारी,प्रदीप सापकोटा रहेका छन् ।

आफ्नै जग्गा र त्यसमा बनेको भवन सहित सदनमा आफ्नै पुस्तकालय रहेको छ । सदनले सिर्जना नामक पत्रिका २२ औं अंकसम्म प्रकाशित गरिसकेको छ । यसका साथै साहित्यमा विभिन्न गतिविधि सहित क्रियाशिल छ ।





