
काठमाडौँ । जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुँदैछन् ।
आज सेमिफाइनलको पहिलो खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।
यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समुह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २(१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २(१ ले पराजित गरेको थियो भने भारतसँग १(० ले पराजित भएको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने बताइएको छ ।




