
काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
इरानसँग वार्ता भइरहेको भन्दै ट्रम्पले इरानी ऊर्जा संरचनामा हमला गर्ने निर्णय थप दिनका लागि स्थगित गरेको भनेर आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा लेखेका छन्।
म्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्नका लागि गत शनिबार ४८ घन्टाको अल्टिमेटम दिएका थिए।
४८ घन्टे अल्टिमेटमपछि ट्रम्पले इरानलाई पाँच दिनभित्र हर्मुज नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका थिए।
त्यसको समयावधि सकिन लागेपछि ट्रम्पले ऊर्जा संरचनामा प्रहार गर्ने योजना अप्रिल पहिलो सातासम्म लम्ब्याएका हुन्।
यसैबीच पाकिस्तानी अधिकारीहरूले मध्यस्थकर्ताको भूमिका खेल्दै युद्धविरामको प्रयत्न गरिरहेको बताइएको छ।
युद्धविरामका लागि अमेरिकी प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने, तीन ठूला परमाणु भट्टीहरूस फर्दो, नतान्ज र इस्फहान बन्द गर्ने, समृद्ध गरिएका युरेनियम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएईए०लाई बुझाउने लगायत उल्लेख छ।
त्यस्तै इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने, हर्मुज समुद्री मार्ग पूर्ण रूपमा खुला गर्ने लगायतका सर्त रहेको अमेरिकी पत्रिका फरेन पोलिसीले जनाएको छ।
