
काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक भोलि (मंगलबार) दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका अनुरोध गरिएको छ ।
सभापति थापाको राजीनामा अस्वीकृत भएपछि पहिलोपटक बैठक बोलाइएको हो ।




