
काठमाडौंँ।हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ।
पार्टीले आदिवासी महिला क्लस्टरबाट हेटौंडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूको नाम सिफारिस गरेको हो।
समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको पार्टीले प्रत्यक्षतर्फ तीन क्षेत्रमा जित हासिल गरेको छ। समानुपातिक समेत गरी अब श्रम संस्कृतिबाट प्रतिनिधि सभामा ७ जना सांसद हुनेछन्।
प्रत्यक्षमा सुनसरी १ बाट हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन्।





