तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरोका कारण अवरुद्ध सड़क बिहीबार साँझदेखि एक तर्फी खुलेको छ ।
बुधबार अपरान्ह ४ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
झण्डै २४ घण्टापछि एक पटकमा एउटा गाडी चल्ने गरी खुलाईएको हो ।
ठूलो भएकाले पूर्ण रुपमा सडक खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।