काठमाडौं । लेखक तथा पत्रकार घनश्याम खड्काको पुस्तक ‘आनन्द संहिता’को बुद्ध जन्मस्थल लुम्बिनीमा सार्वजनिकीकरण गरिएको छ ।
बौद्ध धर्माचार्य श्याल्पा तेन्जिङ रिम्पोछेले पुस्तक सार्वजनिक गरेपछि पुस्तकका बारेमा टिप्पणी गरेका थिए । उनले लेखक खड्काको कृतिले मानिसको जीवनमा आनन्द ल्याउने कार्यक्रममा बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आनन्द संहिताले खुसी कसरी हुने भन्ने दर्शनलाई नेपाली साहित्यमा स्थापित गर्ने बताए । लेखक खड्काले बुद्धको प्रेमको कारण लुम्बिनीमा कृति सार्वजनिक गर्न आइपुगेको बताए ।
उक्त कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा.तिलक आचार्य, सहप्राध्यापक डा.शारदा पौडेल र युवा अध्येता तथा बुटवलस्थित क्यानन माविका प्राचार्य शंकर भण्डारीले पनि कृतिको बारेमाआ -आफ्नो धारणा राखेका थिए ।