काठमाडौ । साहित्यकार राम विनयको पुनर्जन्म (संस्मरण) प्रकाशित भएको छ।
कोरोना संक्रमणको चपेटामा परेका थिए राम विनयले जीवन र मरणको दोसाँधमा रहेको बेला भोगेका कारूणिक क्षणहरूलाई सँगालेर पुनर्जन्म संस्मरण प्रकाशित गरेका छन्। आइसियूको अत्यासपूर्ण वातावरण, एकांकी, जीवनको क्षणभंगुरता, जीवन र मृत्युबोध तथा महामारीको क्रममा देखेभोगेको अमानवीय गतिविधि पनि उनले पुनर्जन्ममा खुलस्त लेखेका छन्।
कविता,कथा,नियात्रा र निवन्धका आठ कृति पहिले नै प्रकाशित गरिसकेका उनको यो नवौं कृति हो ।
प्रस्तुत कृति शिखा बुक्सले प्रकाशित गरेको हो ।