
काठमाडौ । साहित्यकार दीपा राई पुनकी आमा विमला साङपाङ राईलाई मौलशोभा राई आमा सम्मानले सम्मान गरिने भएको छ।
अनलाइन अभिलेख प्रालिले एक कार्यक्रमको आयोजना गरी सो सम्मानको घोषणा गरेको हो।
स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक रहेको छनोट समितिले सो सम्मानको निर्णय गरेको हो। छनौट समितिमा डा. चमा थुलुङ, विमला तुम्खेवा, कमल ज्ञवाली र सिद्धराज राई रहेका छन्।
पुरस्कारको संस्थापक डा. राईको जन्म दिनको अवसरमा सो सम्मानको घोषणा गरिएको हो। नेपाली साहित्यमा दीपा राई पुनले पुर्याएको योगदानस्वरूप उनकी आमालाई सो सम्मान दिन निर्णय भएको हो।
दीपा राई पुनको जन्म दिनको अवसर पारेर आउँदो कात्तिक २९ गते उनकी आमा विमला साङपाङ राईलाई नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित मौलशोभा राई आमा सम्मान प्रदान गरिने पुरस्कारका संस्थापक साहित्यकार डा. पुरण राईले बताए ।
उक्त कार्यक्रममा सञ्चारकर्मी साहित्यकार राजेश खनाल,श्रीराम राई लगायत अन्य साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।





