
ललितपुर। मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको आठौं संस्करण ललितपुर महानगरपालिकाको वडा २१ ले आयोजना गर्ने भएको छ ।
ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले र वडा २१ का अध्यक्ष रविन्द्र महर्जनले सो सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे । यसअघि उक्त रात्रीकालीन टेबलटेनिस प्रतियोगिता गत पुसमा प्रतियोगिता वडा ६ ले आयोजना गरेको थियो ।
सो अवसरमा वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्य, ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका सदस्य एवं प्राविधिक संयोजक निकेश जोशीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा २१ का अध्यक्ष महर्जनले आठौं संस्करण भब्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
वडा ६ का अध्यक्ष शाक्यले सातौं संस्करण सफलपूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।




