
काठमाडौं।नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिने भएको छ।
नियात्राकार व्यासलाई रूपैयाँ ५० हजार नगदराशिको साथ सम्मान समर्पण गरिने भएको छ।
रेखा कँडेलले २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा “पवन आलोक नियात्रा पुरस्कार” स्थापना गरेको
उक्त पुरस्कार कृतिगत रूपमा अर्पिँदै आएको थियो।
यसै वर्षदेखि उक्त पुरस्कार “पवन आलोक नियात्रा सम्मान” का रूपमा योगदानको आधार मानी प्रदान गर्ने निर्णय गरिएको हो।
उक्त सम्मानबाट यस अघि भीष्म उप्रेती,डा. दामोदर पुडासैनी किशोर,इल्या भट्टराई,तेजप्रकाश श्रेष्ठ लाई कृतिगत रुपमा पुरस्कार प्रदान गरिएको थियो ।




