
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ ।
जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ । आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ । जनक शिक्षाका अनुसार करिब २ करोड ८ लाख समानुपातिक पत्रपत्र छपाइ हुनेछ ।
