बंगलादेशमा शेख हसिना सत्ताच्युत भएसँगै त्यहाँका अल्पसंख्यकमाथि आक्रमण हुन थालेका समाचार आउन थालेका छन् ।
दैनिक पत्रिका ‘द डेली स्टार’का अनुसार हसिनाले बंगालदेश छाडेकै दिनमा बंगलादेशका २७ जिल्लामा हिन्दु धर्मावलम्बीका घर तथा व्यापारिकस्थलमा हमला तथा लुटपाट भएको थियो ।बेलायतको समाचार ‘बीबीसी’ले पनि बंगलादेशमा हिन्दुहरूमाथि आक्रमण भइरहेको समाचार प्रकाशित गरेको छ ।
आक्रमण, लुटपाट नरोकिएपछि बंगलादेशका सयौँ हिन्दुहरू भारत जानका लागि बंगलादेश भारत सीमा क्षेत्रमा जम्मा भएका छन् ।
यसैबीच अन्तरिम सरकार प्रमुख युनुसले हिंसा नभट्काउन र रोक्न आब्हान गरेका छन् ।जिया नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिख रेहमानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अल्पसंख्यकमाथिको आक्रमण रोक्न अपिल गरेका छन् । यसैगरी अन्तरिम सरकार त्यस्तै, विश्व हिन्दु महासंघको बंगलादेश शाखाले बंगलादेशमा हिन्दुहरूमाथि भएका घटनाको विवरण सार्वजनिक गरेको छ ।
बंगलादेशमा अल्पसंख्यक र विशेष गरी हिन्दुहरूमाथि आक्रमण भइरहँदा नेपालमा पनि विभिन्न हिन्दु संघ संस्थाले विरोध जनाएका छन् ।