काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को समूह सहमतितर्फ अगाडि बढेको बताइएको छ ।
मुख्य विषयमा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनले सहमति जनाएपछि त्यसैमा केन्द्रीय रहेर फाइनल ड्राफ्ट तयार पार्ने काम भइरहेको हो ।
स्रोतले जनाए अनुसार, पार्टीको नेतृत्वमा रवि नै रहनेछन् । आसन्न निर्वाचनमा बहुमत प्राप्त भएको खण्डमा प्रधानमन्त्री बालेन बन्ने विषयमा दुवैले सहमति जनाएका छन् ।
फाइनल ड्राफ्टको सहमतिको काममा रास्वपाका तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल रहेको संवाद समिति तथा बालेनका तर्फबाट कुमार बेन (बेञ्जनकार) र भूपदेप साहलगायत सहभागी छन् ।

