काठमाडौं । धितोपत्र दोस्रो बजार मापक परिसूचक नेप्से १०८.३५ अंकले बढेको छ । बुधबार नेप्से ४.०८ प्रतिशतले बढेर दुई हजार ७५९.६७ को विन्दुमा पुगेको हो ।
अघिल्लो दिन २३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज १७ अर्ब ९५ करोडको भयो कारोबारमा रहेका सबै उपसमूहको समूहगत परिसूचक बढेको छ। यो कारोबार रकम मंगलबारको तुलनामा करिब पाँच अर्ब ७७ करोडले कम हो ।
बुधबार ९ वटा कम्पनीको सेयर मूल्य सर्वाधिक दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा एनआईसी एसिया डिबेन्चरको ३.८२ प्रतिशत रहेको छ ।









