
काठमाडौं।अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएसआईएस)को क्याम्प, हतियार भण्डारण केन्द्रलाई लक्ष्य गरेर दर्जनौं स्थानमा हवाई हमला गरेको छ।
हालै सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको बदला स्वरूप यो अमेरिकाले शुक्रबार झन्डै ७० ठाउँमा हमला गरेको हो।
यसलाई ‘अरेसन हकवाइ’ नाम दिइएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
कारबाहीमा आईएसआईएससँग जोडिएका पूर्वाधार र हतियार भण्डारण केन्द्रहरूलाई निशाना बनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर हत्या गर्ने आतंककारीविरुद्ध गम्भीर बदला लिइँदैछ भनेका छन्।
रक्षा मन्त्री पिट हेगसेथले यसलाई युद्ध नभई बदला भनेका छन्। उनले अमेरिका आफ्नो नागरिक र सैनिकको सुरक्षाका लागि कहिल्यै पछि नहट्ने बताएका छन्।
