काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगकोभलिबल फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् ।
उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ ।उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।
लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको छ भने नेपाललाई फाइनलमा हराएर इतिहास रच्ने अबसर पनि मिलेको छ ।



