
काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले एमाले विधान महाधिवेशनको निर्णय परिवर्तन गरेको छ ।
आज बसेको बैठकले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना बनाइएको छ । यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने व्यवस्था गरेको छ।
नेता शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटीले एक जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, उपमहासचिव ३, सचिव ९ जना रहने व्यवस्था गर्ने निर्णय गरेको छ। साथै पोलिटब्युरोको एक तिहाइ संख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ ।तर वरिष्ठ उपाध्यक्ष पद भने राखिएको छैन ।
पुरानै विधान ब्युँत्याएकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव गोकर्ण विष्ट, योगेश भट्टराई, नेता कर्ण थापा र काशीनाथ अधिकारीलगायतले विरोध गरेका थिए।


