काठमाडौ।बिहार बिधानसभा निर्वाचनको मतगणना आजदेखि सुरू हुँदैछ।
शुक्रबार बिहान ८ बजेदेखि मतगणना सुरू गर्ने तयारी रहेको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ।
विधानसभाका २४३ सिटका लागि यसपालि २ चरणमा मतदान भएको थियो।
६ नोभेम्बरमा पहिलो चरण र ११ नोभेम्बरमा दोस्रो चरणको मतदान भएको थियो।
सुरूवातमा हुलाकबाट मतदान भएका मतपत्र गनिनेछ। त्यसपछि विद्युतीय भोटिङ मेसिनबाट भएको मतदानको गिन्ती सुरू हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
मतगणना शनिबारसम्ममा सकिने आकलन छ।
१९५१ यता बिहार बिधानसभामा इतिहासकै धेरै मतदान भएको भनेर बिबिसी हिन्दीले लेखेको छ।
यसपालि ६७.१३ प्रतिशत मतदान भएको छ।
यस पटकको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ। यसपटक जन सुराज पार्टी पनि पहिलो पटक चुनावी मैदानमा ओर्लिएको छ।
