
काठमाडौं । नेतृ रामकुमारी झांक्रीले पार्टी नखोल्ने जेनजीहरूलाई एमालेमा आउन अपिल गरेकी छिन् ।
नेकपा एमालेद्धारा आयोजित घर फर्क अभियानमा बोल्दै उनले उक्त कुरा बताएकी हुन ।
नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्रसहित मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि झाँक्री एमाले प्रवेश गरेकी हुन् ।
उनल े जेनजीहरु प्रति लक्षित गर्दै भनिन- ‘तपाईंहरूको विद्रोह, आक्रोशप्रति राज्यका अंगप्रति जायज प्रश्न हुन् । तर तपाईंहरूको जायज प्रश्नमाथि जसले जे गरिरहेको छ । अब जेनजी पुस्ताका नवयुवा साथीहरूले सोच्ने बेला आएको छ,’ उनले भनिन्, ‘तपाईंहरू आफ्नै पार्टी बनाउनुहुन्छ रु बनाउनुस् । हाम्रो शुभकामना छ । तर तपाईं पार्टी बनाउँदै हुनुहुन्न भने हामीजस्तै एमालेमा आउनुस् । हर जेनजीहरूका लागि नेकपा एमालेले चारवटै ढोका खुला गरेको छ ।’
आफ्नो मन्तव्यमा उनले एमाले नै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको बताइन् । अध्यक्ष ओली राष्ट्रवादी नेता भएको बताइन् ।

