काठमाडौं। सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।
आरजु देउवा मन्त्री भएपछि रिक्त उक्त पदमा कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे।