
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाबारे आज संघीय मन्त्रालयका सचिवहरूलाई पहिलो पटक निर्देशन दिँदै छन् ।
सिंहदरबारमा हुने उक्त बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

