
काठमाडौं । सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने भएको छ ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन् ।
अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने उनले उल्लेख गरे ।

