
काठमाण्डौ। विश्व भिगन दिवसलाई करुणा र सृजनशीलताका साथ तेस्रो पटक (कार्तिक १५, २०८२) शनिवार उत्पला क्याफे,बौद्धमा आयोजना हुने भएको छ।
करुणामय समुदायसँग जोडिने क्रममा पूर्ण वनस्पति आधारित खाना, भिगन उत्पादनहरू, रमाइलो सङ्गीत , नृत्य, रोचक ज्ञानमूलक तथा कला प्रदर्शनी रहेको कुरा अयोजकले बताए।। साथै जनावरहरूको अवस्था र पशु अधिकारको अभियानलाई मनोरञ्जनात्मक र कलात्मक तरिकामा बुझ्ने एक मौका प्राप्त हुने विश्वास अयोजकले लिएको छ।