
सुर्खेत । बाँकेको कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको एउटा ईभी गाडी आइतबार (असोज १२) बिहान ४ बजेतिर दुर्घटना भएको छ ।
रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिकै ईभी दुर्घटना भएको हो ।
घाइते सबै यात्रुको उद्धार गरी उपचारका निम्ति प्रदेश अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश ०२,००१ ख ११२९ नम्बरको ईभी गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हुन सक्ने अनुमान छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

