
काठमाडौं । नेपाल लेखक सङ्घले नेपालमा दर्ता भएका सवारी साधनहरुमा जडान गरिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा हुनुपर्ने भन्ने सरकारको निर्णयप्रति सङ्घको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष वियोगी बुढाथोकी तथा महासचिव सोझो गाउँलेद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘नेपाली भाषा नेपालको साझा सम्पर्क भाषा हो । नेपालको संविधान २०७२ ले नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा स्वीकार गरेको छ । तसर्थ नेपाली सवारी साधनमा जडान गरिने इम्बोष्ट नम्बर प्लेट नेपाली भाषामा एवम् देवनागरी लिपिमा हुनुपर्ने व्यवस्था मिलाउन नेपाल लेखक सङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’



