काठमाडौं। देशका केही भूभागमा आज वर्षाको सम्भावना छ ।
मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हो ।
रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको विभागले बताएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ तर, केही स्थानमा मात्रै भारी वर्षा हुन्छ, धेरै स्थानमा होइन ।
विभागले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली हुनेछ ।
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ