
दोलखा । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा पसिना आएको छ ।
मन्दिर व्यवस्थापन समितिका रोजन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ः४० देखि पसिना आएको जानकारी दिए ।
शिलाको बाँयाबाट पसिना निरन्तर आइरहेको उनले बताए । भीमेश्वरको शिलामा पसिनाआएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका श्रेष्ठले बताए ।
भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ ।
उक्त खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए ।
अनिष्टको संकेतको रुपमा पनि यसलाई लिने जनविश्वास रहि आएको छ । संयोग हो कि के हो विक्रम संवत् १९९०, २००७, २०२८ र २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा पसिना आएको थियो र सोही बर्षहरुमा अनिष्ट,राजनीतिक परिवर्तन भएका थिए ।



