काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
४२औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
संसदमा दुई ठूला र आपसी प्रतिस्पर्धामा रहेका दलहरुबीच नै समझदारी भएकामा विभिन्न आशंका रहेको भन्दै उनले तर समझदारी भइसकेकाले त्यसको पालना गर्नुपर्ने र कामबाट यो समझदारीलाई पुष्टि गर्नुपर्ने बताए ।
कांग्रेस एमालेबीचको सहमतिका कारण कुनै पनि गैरकानुनी काम र भ्रष्टाचारमा उन्मुक्ति पाउन नहुने पनि उनले बताए । महामन्त्रि थापाले कांग्रेस र एमालेमात्र मिलेर संविधान संशोधन गर्न नसकिने हुनाले तत्काल यो विषयमा प्रवेश नगर्न सुझाव दिएका छन् ।
संविधान संशोधनका लागि माओवादी र अन्य दलको पनि सहयोग चाहिने भन्दै उनले पहिले सुशासनको काम गरेर विश्वासको वातावरण बनाउनुपर्ने बताए ।