काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री माननीय गोकुल बास्कोटाले बहुबिबाह गर्नेलाई सार्वजनिक निकायमा प्रबेश निषेध गर्ने कानून ल्याउनुपर्ने कुरामा जोड दिएका छन्।
‘जनता मालिक हुने समयमा किन पारदर्शी लोकतान्त्रिक समाजलाई सुदृढ र बलशाली बनाउनुपर्ने,अझ बलशाली बनाउँनुपर्ने कुरालाई विर्सेर केही असन्तुष्टि सत्यको जगमा तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि,आरोप,प्रत्यारोप,छटपटि,आक्रोश यो देशको एउटा पछिल्लो बिम्व भएको छ । यस्तो लाग्छ सबै बहुलाई सके ।यसको नियन्त्रण कसरी हुन्छ ?’ उनले प्रश्न गरे ।
उनले अगाडि भने -‘यसको कारणहरु खोजिनुपर्छ । अहिले के देखिँदै छ भने क्रमशः क्रान्ति र परिवर्तन प्रगतिका सूचकप्रतिको विश्वास धर्मराउँने,मुर्झाउने र क्रमशः घृणावाद,लोकप्रियताबाद फस्टाउने र यसले अत्यन्त चलाखीपूर्ण ढंगले जनताका सपनाहरुको चोरी गर्न खोजेको छ । डकैती गर्न खोजेको छ। र मरसान्न हुन गएको नवउदारवाद, इतिहासले कुनामा फालिदिएको सामन्तवादको नयाँ मर्र्सिनरीजका रुपमा केही साथीहरु अहिले समाजलाई भड्काउन लागिरहेका छन् ।यसतर्फ सचेत हुन आवश्यक छ’ भन्दै उनले ‘ काममा देखिएका ढिलासुस्ती,शासनप्रणालीका केही कमजोरीहरु र तिनले सृजना गरेका सामान्य निराशाका आधारमा एउटा नयाँ भाष्य सिर्जना गर्न खोजिएको छ कि हामी रातो घोडामा सवार भैसकेका छौं।
जता जता समाजलाई नचाउन खोज्यो उतै समाज नाच्छ भन्ने भ्रामक मानक प्रचार गर्न खोजिएको छ त्यसको कुनै औचित्य नभएको ‘ उनको भनाई थियो ।
संविधान शंसोधन गर्नुपर्ने कुरा कहाँ पुग्यो भन्दै प्रश्न समेत गरे । सबैमा भएका कमजोरीहरु सुधार्नु पर्ने उनको भनाई थियो । अरुलाई दोष थोपरेर आफु उम्कने गर्न नहुने पनि बताए । तल्लो तहमा समेत सुदृढ र बलियो बनाएर सकारात्मक कुरा लैजानुपर्नेमा बास्कोटाले जोड दिए । समस्या सानातिना छन् तर तिनलाई आधार बनाउने र लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्न खोज्ने कुरा सह्य नहुने कुरामा बास्कोटाको जोड थियो । ८४को भूतले सबैलाई लखेटेजस्तो देखिएको छ । तर जनताले हाम्रा व्यवहारलाई नजिकबाट नियाली रहेको उनले बताए ।
‘केही अभ्यासमा चुकेको भन्दै उनले प्रतिपक्षमा हुँदा के के बोल्यौं? सरकारमा हुँदा के बोल्यौं? आफुले आफैंलाई के भन्यौं ? यो कुरा विचारणिय भएको उनले बताए । लाज नै लजाएर लुकेजस्तो स्थिति छ । यो कानून निर्माणसँग सम्बन्धित विषय हो । हामीलाई एउटा चिजले अहिले पनि लखेटिराखेको छ । बहुविवाहको विषयलाई लिएर समाजमा भड्काउन खोजिएको अबस्था छ । अनावश्यक भ्रमको पछि कुद्नु राम्रो होइन ‘ भन्दै भ्रमबाट समाज मुक्त हुनु जरुरी भएको उनले बताए ।राजनीतिक दल,भातृसंगठन सब एक भएर कुरै नबुझी कुदेको देख्दा अनौठो माने । जनताको सपना र परिवर्तनलाई जनताको घरमा अनुभूत र अनुदित भएको आभास दिन सक्नुपर्नेमा बास्कोटाको जोड थियो ।
बहुबिबाह गर्नेलाई सार्वजनिक निकायमा प्रवेश निषेध गर्ने कानून निर्माण गर्न पनि उनको आग्रह थियो । बदलिँदो समाजको व्यवस्थालाई समाजलाई ध्यान दिन पर्ने कुरामा उनको जोड थियो । परिवारसँग सम्बन्धित कानून छुट्टै निर्माण गरेर विरोधाभाषपूर्ण कानूनी व्यवस्थाको अन्त्य गर्न उनले आग्रह गरे ।
उनले विपक्षीहरु विशेषगरी रास्वपाप्रति प्रति लक्षित गर्दै कटाक्ष गरे -‘साथीहरु देख्छु म आउनुहुन्छ,अलिदिनदेखि देखिया छ सर्लक्क आउनुहुन्छ ,कहिले नारावाजी गर्नुहुन्छ । कहिले पलेंटी मार्नुहुन्छ । कहिले कक्षाकोठाको जस्तो होमवर्क गर्नुहुन्छ ।कहिले निलो स्कार्फ प्रर्दशन गर्नुहुन्छ । हुँदाहुँदा दुई मिनेट उभिनुहुन्छ,एकोहोरो शंख फुक्नुहुन्छ अनि लुरुलुरु मौन यात्राका मलामी जस्ता बाहिर निस्कनुहुन्छ । न कसैका कुरा सुन्नुहुन्छ ,न आफ्नो कुरा भन्नुहुन्छ ।’
उनले अगाडि भने -‘यो किन ?यस्तो अबस्था किन बन्यो भने यसको जवाफ उहाँहरुसँग छैन्। जे प्रश्न उठाउनु भएको छ त्यसको तथ्य उहाँहरुसँग छैन् । नैतिकताको मूल्यको कसीमा जाँच्ने आँट छैन्,क्षमता छैन् । हिम्मत छैन् । ‘
कसैलै औंला तेस्र्याउँदा त्यसको जवाफ दिने हिम्मत उनीहरुमा नभएको बताए। उनले त्यस्ता प्रदर्शन बन्द गर्न रास्वपालाई आग्रह गरे ।
राप्रपातिर लक्षित गर्दै उनले भने -‘विरोध गर्न पाइन्छ ,आलोचना गर्न पाइन्छ,प्रश्न गर्न पाइन्छ तर सधैंको बहिष्कारले कहाँ पुग्नुहुन्छ ?’ ।उनले राप्रपाको उदेश्य गलत भएको ठोकुवा गरे । व्यवस्थालाई कमजोर र बदनाम गर्ने काममा अगाडि नबढ्न चेतावनी दिए । आफु बसेर सही गरेको कुरा नविर्सन पनि राप्रपालाई आग्रह गरे ।
जतिसुकै कुरा गरेपनि आखिर सत्य सत्य नै हुने भने।
उनले सभामुखलाई अनुरोध गरे कानून निर्माण प्रकृयामा जनप्रतिनिधि अल्मलिने कर्मचारी तन्त्रले विभिन्न तरिकाले गर्ने कुरा कुलिँग पिरियडको सन्दर्भमा राम्रो नभएको बताए ।