
काठमाडौं।संघीय संसदको दुवै सदनको बैठक मंगलबार बस्दैछ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ। राष्ट्रियसभाको बैठक भने अपराह्न १ः१५ मा बस्ने कार्यसूची छ।
संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष२०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ।





