875,1109,0,0.45,-1
काठमाडौं ।साहित्यकार प्रोल्लास सिन्धुलीयको कथाकृति ‘बागबजार बोल्दैन’ सार्वजनिक भएको छ ।
विभिन्न शिर्षकृत २० कथाहरुको यो सङ्ग्रह वि.सं.२०५० देखि २०८१ सालभित्रका कथाहरु समावेश गरिएका छन् ।
कविका रूपमा स्थान बनाएका सिन्धुलीयका ‘शून्य डिग्री’ र ‘भग्न भैरब’ दुई उपन्यास, चार कविताकृति, निबन्धकृतिलगायत अरू पुस्तकहरू प्रकाशित भैसकेका छन् ।
सिन्धुलीयको यो पहिलो कथाकृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यो सङ्ग्रहको मूल्य रु.४७५। रहेको छ ।