काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीले पाएका छन् ।
त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा.केसीलाई दिएका हुन् । केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
त्रिभुवन विश्वविद्यालय ऐन,२०४९ को दफा २१ (ख)बमोजिम कुलपति प्रधानमन्त्री ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।
प्रा.डा.केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली रहँदै आएको थियो ।