u 19
काठमाडौं ।आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ ।
नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।
मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ११७ रन बनाएको थियो।
ओमानले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि निरज कुमार यादव सर्वाधिक ४६ रन बनाए। उनले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने अर्का ओपनर साहिल पटेलले ४४ रन बनाए।
कप्तान निरज भट्ट १२ र सन्तोष यादल १० रनमा अविजित रहे। ओमानको लागि साउम्या भाविन साम्पातले २ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाउँदै अलआउट भयो।
ओमानका लागि जित शाहले सर्वाधिक ५२ रन बनाए। उनले ७८ बलमा ६ चौका प्रहार गरे। ओपनर सिद्धार्थ शंकरले १६, प्रथिश हेमा रमेशले १० रन बनाए ।
राजित पौडेल र अशोक धामीले १–१ विकेट लिए। नेपालले पहिलो खेलमा यूएईलाई ५ रनले हराएको थियो। नेपालले डक वर्थ लुइस स्ट्रेन(डीएलएस)अन्तर्गत यूएईलाई हराएको हो।
यसैगरी तल्लो मूलपानीमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको थियो।


