
सुर्खेत ।गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको टिप्पणी गरेका छन्।
सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले भने, ‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइरहेका छन्, त्यो भ्रमले राजा पनि हौसिन आवश्यक छैन।’
आन्दोलन र क्रान्तिबाट फालिएको राजसंस्थाका राजा सोही देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको कमै देखिने पनि उनले बताए।
गृहमन्त्री लेखकले भने-‘हाम्रो लोकतन्त्र उदार छ, जनताले फालिसकेको राजसंस्थाका राजा पनि सबै स्वतन्ता र अधिकारलाई उपभोग गरेर बसिरहनु भएको छ, त्यो हो लोकतन्त्रको सुन्दरता भनेको, यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलिओस।’



