काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एक महिनाअघि नै म्याट रोस नेपाल आएका बेला उनी नै मुख्य प्रशिक्षक बन्ने चर्चा चलेपनि एन्फाले एक महिनापछि मात्रै आधिकारिक रुपमा उनलाई सार्वजनिक गरेको हो ।
रोस पहिलो पटक कुनै पनि देशको पुरूष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसका लागि उनी आफु उत्साहित रहेको बताएका छन् ।
नेपालको मुख्य प्रशिक्षकको रुपमा रोसको पहिलो काम सिगापुरसँगको मैत्रीपूर्ण खेल हुनेछ भने त्यसपछि एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल लगत्तै छ ।