काठमाडौं ।मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने बताएका छन् ।
ट्रम्पले चीनबाट आयात हुने सामानहरुमा अघिल्लो महिनामा पनि १० प्रतिशत कर बढाएका हुन् । त्यतिखेर पनि उनले फेरि कर बढाउने योजना बनाएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले व्यापार साझेदारहरूसँग व्यापारसम्बन्धी नीतिहरु लगातार परिवर्तन गरिरहेकोखबरमा उल्लेख छ ।
राष्ट्रपति ट्रमले हिजो मात्रै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतले कर लगाउने चेतावनीदिएका छन् । चीन, मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख तीन व्यापार साझेदारहरू हुन् ।
तीन देशका सामानहरूमा बढाइएको करका कारण अमेरिकामा प्राय सबै सामानमा उच्च मूल्य वृद्धि हुनसक्ने भन्दै अर्थशास्त्रीहरूले चेतावनी दिइरहेका छन् ।







