
काठमाडौं । आयोजक भक्तपुर निस्ट स्कुलले तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा मंगलबार विजयी सुरुआत गरेको छ । लोकन्थलीस्थित घरेलु कोर्टमा निस्टले मल्पी इन्टरनेसनल स्कुललाई ३४–१६ ले पराजित ग¥यो ।
सिनियर गल्र्सकै अन्य खेलमा त्रियोगले ओम ज्ञान मन्दिरलाई १३–७ तथा चेल्सी वल्र्ड स्कुलले तपोभूमीलाई २२–१० ले हराए ।
सिनियर ब्वाइजमा बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले निस्टलाई २४–१५ ले पाखा लगायो । जुनियर गल्र्समा जनप्रेमी वल्र्ड स्कुलले बीआईएसलाई १५–१०, चेल्सीले निस्ट ‘बी’ लाई १०–३ र युरो स्कुल, कोटेश्वरले हिमालयलाई १५–१० ले पन्छाए ।
जुनियर ब्वाइज फुटबलमा गेटवे एकेडेमीले एमिनिटीलाई ६–२, भेदाङग इन्टरनेसनल स्कुलले एभरेष्ट पब्लिक स्कुललाई ५–० र नालान्दा विद्या मन्दिरले कान्जिरोवा नेसनल स्कुललाई ३–० गोलले पराजित गरे । काठमाडौं वल्र्ड स्कुल र चेल्सी वल्र्ड स्कुलले गोलरहित बराबरी खेले ।
प्रतियोगिताको निस्ट फाउन्डेनका अध्यक्ष डा. माधवप्रसाद बराल, कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार घिसिङ, प्रमुख कार्यकारी अधिकृत चन्द्र अधिकारी र संस्थापक प्रिन्सिपल दिलिप रानाले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।
सो अवसरमा अध्यक्ष बरालले जित हार भन्दापनि खेल भावनाको मर्मलाई आत्मासात् गर्न सहभागीलाई सुझाए ।
प्रिन्सिपल रानाले यसपटकदेखि प्रतियोगितासंगै विद्यार्थीमा स्वच्छ वातावरण बारे सचेतना जगाउने उद्देश्यले क्लाइमेट च्याम्पियन उपाधिको पनि व्यवस्था गरिएको बताए । वातारण दूषित बनाउने प्लास्टिक प्रयोग नगर्ने, इन्धनबाट चल्ने सवारी साधनको सट्टा विद्युतिय सवारी साधन÷साइकलको प्रयोग गर्ने वा छोटो दूरीको यात्रामा पैदल यात्रा गर्ने, विरुवा रोप्ने, आफूले लगाएको पोशाकमा वातावरण जोगाउने सन्देशमूलक नारा लेख्नेलगायत विषयवस्तुलाई मध्यनजर गरी विजेताको टुंगो लगाइने आयोजकले जनाएको छ ।
बास्केटबलको सिनियर ब्वाइजमा १४, सिनियर गल्र्समा ९ र जुनियर गल्र्समा १६ टिम सहभागी छन् । फुटबलमा २४ छात्र टिमले भाग लिएका छन् ।





