काठमाडौं ।साहित्यिक पत्रकार संघले कथाकार गोपी मैनालीको कथाकृति ‘विशृङ्खलित सपना’ को परिचर्चा कार्यक्रम सप्पन्न गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, वरिष्ठ समालोचक प्रमोद प्रधान, चर्चित नियात्राकार प्रतीक ढकाल र समीक्षकअनिता कोइरालाले’ विशृङ्खलित सपना’ को परिचर्चा गरे ।
नियात्रा, निबन्ध र समालोचना आफ्नो छुट्रटै पहिचान बनाइसकेका मैनालीको यो पहिलो कथा कृति हो।
सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वर काठमाडौले प्रकाशन गरेको यो कृतिमा सत्र कथा रहेका छन् ।
कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्वबारे प्रकाश पारेका थिए भने कृतिकार वरिष्ठ कथाकार गोपी मैनालीले आफ्नो सिर्जनाको रचना गर्भ बारे जानकारी दिए ।
कार्यक्रमको संचालन कवि मुरारी सिग्देलले गरेका थिए।