
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन्।
बाँकी रहेका दुई प्रदेशको मतगणना सकिँदा ७३ मतान्तरले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गर्दै सापकोटा क्रान्तिकारीको अध्यक्ष निर्वाचित भएका हुन्।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्। उनले प्राप्त गरेको मत सार्वजनिक हुन बाँकी छ।
यसअघि नै महासचिवमा रोशन थापा मगर ५९६ मत प्राप्त गरी विजयी भए भने कोषाध्यक्षमा फुलमाया रानामगर खुशी५९६ मत ल्याएर विजयी भएकी छिन् । खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राई ५४५ मत ल्याएर विजयी भएका छन् ।





