काठमाडौं । साहित्यकार सुर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका केही जात्रापर्वहरू’को तेस्रो संस्करण हालै लोकार्पण गरिएको छ ।
पनौतीमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त कृति विमोचन गरे ।
सोही कार्यक्रममा समाजसेवी महेश कर्माचार्य, प्रेमबहादुर महाजू र इन्द्रकुमारी खड्कालाई सम्मान गरियो ।राजनीतिज्ञ तथा समालोचक मधु आचार्यले उक्त पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरे ।