काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
आज दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।