
काठमाडौं ।वेष्टइण्डिजका पूर्व कप्तान ब्रायन लारा काठमाडौं आइपुगेका छन्।
शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा लारा नेपाल आएका हुन्।
विमानस्थलमा उनलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका छन्।
लाराले जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरूसँग पनि साक्षात्कार गर्ने बताइएको छ।




