कञ्चनपूर । भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा चन्दले एक हजार १०७ मत प्राप्त गरेर विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३६९, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले २२५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत प्राप्त गरे ।
स्वतन्त्र उमेदवार थानेश्वर लेखकले १४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १२७, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नारा राम कोलीले १२२ मत प्राप्त गरे ।




