काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमापछाडि परेका क्षेत्र र वर्गको हितअनिआमनागरिकको जीवनस्तर सुधार गरेर यहीव्यवस्थामामात्रै मेरो भविश्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएकाछन् ।
उनले बुधबार राष्ट्रपतिभवनशीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमाआधारित नेपालकानिधिनामक पुस्तकलोकार्पण गर्नुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपालबनाउने काममा सवै जुट्नुपर्नेबताए।
राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासनप्रणाली पारदर्शी जवाफदेही र सुशासनपहिलो शर्त भएको उल्लेख गरे ।
उनले भने,‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यताअनिपवित्रतालाई धुमिलबनाउजे अवस्थाआउनदिनहुँदैछ । यो कुरामाध्यानदिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग संझौतानगर्ने निधिजी लगाउतका अग्रजहरू प्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’
राष्ट्रपतिपौडेलले महेन्द्रनारायणनिधिकाबहुआयामिकव्यक्तित्व, नेपालमालोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागिपनि सङग्रहणीय सामग्रीहुने स्पष्टपारे ।
उनले महेन्द्र नारायण निधि बीपी कोइराला र समाजवादी नेताडा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित हुनुभएका महेन्द्र नारायणनिधि नेपालको लोकतान्त्रिकआन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनकालागिआफ्नो जीवन समर्पित गर्नुभएको स्मरण गरे । उनले भने,‘जहानियाँ राणाशासन र एक दलीय पञ्चायत मात्र होइन रुढीवादी, पछौटेपन तथा कुसंस्कार बाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघिबढाउननिधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ । राजनीतिक राजनीतिक जीवनका अनेकौ उतार चढावका दिनमा मैले निधिजीलाई अन्यन्त, धैर्यवान, सरल, सादगी नेताका रुपमाचिन्ने र बुझ्ने मौका पाएको छु ।’