काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको छ ।
मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो ।
गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।
आजै मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बोलाएका थिए ।
तर प्राधिकरणका कर्मचारीहरु यो निर्णयमा सन्तुष्ट देखिएका छैनन् ।सोमबार उनीहरुले मन्त्रिपरिषदकोे निर्णयको विरोध गरेका थिए ।