काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे)पक्राउ परेका छन्।
काठमाडौंबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटकपटक मन्त्री बने ।
ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो।