काठमाडौं । व्यावसायी मीनबहादुर गुरुँगबाट नेकपा एमालेले दान लिएको भनिएको जग्गाको विषयमा परेको रीटमा सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वाेच्चका न्यायाधिश सुनिल कुमार पोखरेलको एकल इजलासले उक्त रीटमाथि सुनुवाई गर्दै अल्पकालीन आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
उक्त रीट अधिवक्ता ज्ञानबहादुर बस्नेतले दर्ता गरेका थिए ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरुँग र उनी श्रीमती सावित्री गुँरुगले काठमाडौ किर्तिपूर २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए ।





